नेकपा सांसद एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किएका छन्। नेकपा ओली समूहको बैठकमा सहभागी भएका नेकपा सांसद एवं केन्द्रीय सदस्य तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार र मंगलबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा तामाङ सहभागि भएका थिए। त्यसको भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत उनी सहभागी थिए।
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठमा आफू सहभागी हुने तामाङले बताएका छन्। दुई दिन बालुवाटार गएँ। फेरि आज कार्की ब्यांकेटमा बस्ने केन्द्रीय कमिटी बैठकमा जाँदैछु। अब म प्रचण्ड–नेपालतिरै फर्किएको छुु, उनले भने,यसमा हाम्रो केही दोष छैन। नेताहरूकै दोष हो। मलाई प्रचण्ड-नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेको हो।
आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड(नेपालतिर भएकाले भावनात्मक रूपमा पनि यतै लागेको उनले बताएका छन्। तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए।