Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्यमा आज झिनो सुधार

सुनको मूल्यमा आज झिनो सुधार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७७ बिहिवार • ११:३९:०२ बजे
  • 1.2K
    SHARES
  • सुनको मूल्यमा आज झिनो सुधार

     स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला एकसयले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

    images

    छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

    चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology