Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-नेपाल समूह

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ९, २०७७ बिहिवार • १२:४४:१७ बजे
  • 1.4K
    SHARES
  • नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने
    नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। 

    पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट बिष्णु पौडेललाई हटाएर उनको ठाउँमा पाण्डेलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ। उक्त समूहको बैठक दिउँसो १ बजे राजधानीमा बस्दैछ। 

    महासचिवका लागि  भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि  चर्चामा थियो।

    उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले  महासचिवमा भीम रावलको नाम अघि सारेका थिए भने अर्का अध्यक्ष प्रचण्डले भने वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेका थिए।  

    नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने पाण्डेलाई महासचिव बनाउन चाहेका छन्।

    पार्टी विभाजनमा नेता खनालले 'त्याग' गरेकाले उनले भनेको व्यक्ति नै महासचिव हुन लागेको एक नेताले बताए। 

    यसअघि प्रचण्ड-नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक राखेर ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology