नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध संघर्ष समिति गठन गरेको छ ।
सो समितिमा २५०१ सदस्य रहने छन् । संघर्ष समितिले काठमाडौं लगायत देशभर दैनिक आन्दोलन गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।
त्यस्तै, केन्द्रीय समितिले शुक्रबार बिहान ९ः३० बजे केन्द्रीय सदीय तथा सांसदहरु माइतीघर मण्डलामा जम्मा भएर निर्वाचन आयोग जाने निर्णय गरेको छ । भोलि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
त्यस्तै, एक हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने, १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने, १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन गर्ने पनि बैठकको निर्णय छ ।
त्यस्तै, २० गतेभित्र नगर–गाउॅपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।