Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाद्वारा आन्दोलनको घोषणा : २५०१ सदस्यीय आन्दोलन समिति

नेकपाद्वारा आन्दोलनको घोषणा : २५०१ सदस्यीय आन्दोलन समिति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७७ बिहिवार • १७:४३:२१ बजे
  • 2.1K
    SHARES
  • नेकपाद्वारा आन्दोलनको घोषणा : २५०१ सदस्यीय आन्दोलन समिति

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्ष शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ। बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बैठकले यस्तो निर्णय गरेको हो। यो समूहले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो।

    images

    २५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध आन्दोलन गर्न समिति बनाइएको हो। आन्दोलनको कमाण्डका लागि सानो आकारको सचिवालय बनाइने तयारी छ। संसद ज्युँदै छ भन्ने सन्देश दिन सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

    संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ।

    बिहीबारको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघर मण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ। त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ।

    यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ। यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ।

    यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन्।

    यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology