Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ९, २०७७ बिहिवार • १८:३५:३८ बजे
  • 1.4K
    SHARES
  • तनहुँ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री
    दमौली । तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै रु २२ लाख आम्दानी गरेका छन् । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताए । 

    “सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो”, उनले भने, “सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।” रानाले एउटा बगैँचाबाट रु १५ लाख र अर्को बगैँचाबाट रु सात लाख बराबरको सुन्तला बिक्री गरेका छन् । “सुन्तला बिक्रीका लागि समस्या छैन”, उनले भने । 

    स्थानीयवासी कर्णसिं गुरुङले रु १८ लाख, नवराज गुरुङले रु १५ लाख, रामबहादुर रानाले रु १२ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । “सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध छन्”, उनले भने । उनका अनुसार यस ठाउँबाट मात्रै करीब रु तीन करोड बढीको सुन्तला उत्पादन भएको अनुमान छ ।

    देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुङ्ग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिए । उनले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै भने, “हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्ने चाँही तथ्याङ्क आउन बाँकी छ ।”

    कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिकटन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सुन्तला बिक्री
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology