Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा ओली समूहले तोक्यो सात प्रदेशमा संयोजक,क कसले पाए जिम्मेवारी......

नेकपा ओली समूहले तोक्यो सात प्रदेशमा संयोजक,क कसले पाए जिम्मेवारी......

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ९, २०७७ बिहिवार • १८:५४:३९ बजे
  • 1.3K
    SHARES
  • नेकपा ओली समूहले तोक्यो सात प्रदेशमा संयोजक,क कसले पाए जिम्मेवारी......
    प्रधानमन्त्री केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजक तोकेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ । 

    बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई  दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्नाका साथै नेता पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology