नेकपा पाल्पा इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले रिहा भएका छन् । विहीबार उच्च अदालत बुटवलले नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो ।
उनीहरुलाई प्रहरीले पटक पटक पक्राउ गरेपछि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो । विहीबार उच्च अदालतको तर्फबाट न्यायधीसद्धय अग्निप्रसाद थपलिया र हरिप्रसाद पौडेलको फैसलाले नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । नेताद्धयको तर्फबाट अधिवक्ता ज्ञानु केसीले बहस गरेकी थिइन् ।
नेताद्धय सिंह र आलेलाई मंसिर ४ गते बुटवलबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि प्रहरीले विस्फोटक मुद्धा दायर गरेको थियो । पक्राउ परेसँगै उनीहरुलाई मंसिर ३० गते जिल्ला अदालत भैरहवामा उपस्थित गराइएको थियो । अदालतमा माननीय न्यायधीस कमलप्रसाद ज्ञवालीको आदेशमा साधारण तारेखमा रिहा गर्ने फैसला सुनाइएपनि अदालतको फैसलालाई उलङ्घन गर्दै प्रहरीले अदालत परिसरभित्रैबाट गिरफ्तार गरी पाल्पा पुर्याएको थियो ।
पाल्पा जिल्ला अदालतले पुष १ गते न्यायधीश खड्क केसीको इजलासले साधारण तारिखमा रिहा गर्न आदेश दिएपछि रिहा भएको सिंह र आलेलाई पुनः पक्राउ गरी गुल्मी लगेको थियो । गुल्मी नेताद्धय सिंह र आलेलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।
नेता सिंह अखिल क्रान्तिकारी का पु्र्ब केन्द्रिय अध्यक्ष समेत हुन ।