Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंमा राँके जुलुस

संसद विघटनको विरोधमा विद्यार्थी नेता कार्यकर्ताहरुको काठमाडौंमा राँके जुलुस

संसद विघटनको विरोधमा विद्यार्थी नेता कार्यकर्ताहरुको काठमाडौंमा राँके जुलुस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७७ बिहिवार • २१:०२:४९ बजे
  • 1.4K
    SHARES
  • संसद विघटनको विरोधमा विद्यार्थी नेता कार्यकर्ताहरुको काठमाडौंमा राँके जुलुस
    संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा निकालेको राँके जुलुसमा निकालेका छन् ।

    बिहीबार साँझे बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो । प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए ।  त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।
    प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए । जुलुस निकाल्न नदिने भन्ने नीति त होइन तर, रातको समयमा अन्य क्षति नहोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिएको हो । दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology