Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीद्धारा मन्त्रीको लिष्ट तयार : पुर्व माओवादी देखी पुर्व प्रहरी सम्म

ओलीद्धारा मन्त्रीको लिष्ट तयार : पुर्व माओवादी देखी पुर्व प्रहरी सम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७७ शुक्रवार • १०:०५:१८ बजे
  • 1.2K
    SHARES
  • ओलीद्धारा मन्त्रीको लिष्ट तयार : पुर्व माओवादी देखी पुर्व प्रहरी सम्म

    प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री चयन गर्ने भएका छन् । यसका लागि उनले गृहकार्य गरिरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

    images

    प्रधानमन्त्री ओलीले नयाँ मन्त्री बनाउने कदमलाई पहिलो प्राथमिकतामा राखेका छन् । यसका लागि लगभग तयारी पूरा भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार एक दुई दिनमै नयाँ मन्त्री चयन हुनेछन् ।

    हाल रहेका मन्त्रीहरुमा केहीको जिम्मेवारी हेरफेर हुनेबाहेक कोही पनि हटाइने छैनन् । तर, नयाँ मन्त्रीहरु थपिने सम्भावना रहेको छ ।

    प्रधानमन्त्री ओलीले नेकपा स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी र मणि थापालाई मन्त्री बनाउने भएका छन् । हाल प्रचण्ड समूहमा रहेका केही स्थायी कमिटी सदस्यहरुलाई पनि मन्त्री बनाउने गरी तान्ने प्रयास भइरहेको बुझिएको छ ।

    सात मन्त्रीले राजीनामा दिएपछि मन्त्रालयहरु खाली छन् । रक्षा मन्त्रालय पनि खाली छ । त्यो प्रधानमन्त्री आफैले लिएका छन् ।

    ओलीले महेश बस्नेत र किसान श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी गरेका छन् । जुली महतो पनि मन्त्री बन्ने सूचीमा छिन् । तर, रघुवीर महासेठलाई बनाइए उनी पर्नेछैनन् ।

    प्रदेश सरकार धरमराएकाले शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने सम्भावितमा परेका छन् । पोखरेल र गुरुङ्ग दुवैले मध्यावधि चुनाव भए संघीय संसदको चुनाव लड्ने तयारी गरेका छन् । स्थायी कमिटीका सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा पनि मन्त्री बनाइनसक्छन् । विवादमा परेकाले गोकुल बास्कोटाको सम्भावना कम छ । तर, ओलीका प्रीय भएकाले उनी पनि पर्नसक्ने बुझिएको छ ।

    नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने सम्भावना रहेको छ । उनलाई ओलीले तत्कालिन नेकपा एमाले प्रवेश गराउँदा गृहमन्त्री बनाउने भनेका थिए । त्यो पूरा भएको छैन । सिलवाल हालैमात्र ओली समूहको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

    प्रधानमन्त्री ओलीले उद्दोगी व्यवसायीलाई पनि राज्य वा सहायकमन्त्री बनाउने तयारी गरेको बुझिएको छ । पूर्व कर्मचारी र पूर्व सैनिक तथा प्रहरी अधिकृतहरुमाथि पनि ओलीको नजर परेको बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology