एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण विश्वभर झण्डै साढे १७ लाख मानिसको मृत्यु भएको छ ।
वल्डोमिटरमा उल्लेख भएको पछिल्लो अपडेट अनुसार कोरोना भाइरस संक्रमणका कारण विश्वभर १७ लाख ४९ हजार ३ बढीको मृत्यु भएको हो ।
त्यसैगरी संक्रमितको संख्या ७ करोड ९७ लाख २९ हजार नाघेको छ । विश्वभरमा हालसम्म सक्रिय संक्रमितको संख्या २ करोड १८ लाख ५२ हजार ९ सय बढी पुगेको छ । जसमध्ये १ लाख ६ हजार २ सय बढीको स्वास्थ्य अवस्था गंभीर रहेको छ । त्यस्तै २ करोड १७ लाख ४६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
हालसम्म ५ करोड ६१ लाख २६ हजार ८ सय बढी कोरोना मुक्त भएका छन । विश्वका २१८ मुलुकमा कोरोना संक्रमण फैलिएको छ ।
कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव रहेको मुलुक अमेरिकामा हालसम्म ३ लाख ३७ हजार भन्दा बढीले ज्यान गुमाएका छन । त्यस्तै संक्रमितको संख्या १ करोड ९१ लाख ११ हजार ३ सय नाघेको छ ।
कोरोना भाइरस संक्रमणका हिसाबले दोस्रो स्थानमा रहेको भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १ लाख ४७ हजार ४ सय नाघेको छ । त्यस्तै १ लाख ४७ हजार १ सय बढीले ज्यान गुमाइसकेका छन ।
कोरोना संक्रमणका कारण मृत्यु दरका हिसाबले दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म १ लाख ९० हजार बढीले ज्यान गुमाइसकेका छन । त्यस्तै ७४ लाख २५ हजार ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।