एजेन्सी । नयाँ प्रकारको कोरोना भाइरस उत्पत्ति भएको मुलुक ब्रिटेनमा कोरोना संक्रमणविरुद्धको खोप दिने क्रम जारी छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख मानिसलाई फाइजर–बायोएनटेकको खोप दिइसकिएको छ ।
ब्रिटेनले यही डिसेम्बर महिनाको प्रारम्भसंगै आम नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरेको थियो ।
ब्रिटेनको स्वास्थ्य एवं सामाजिक हेरचाह विभागले ८ डिसेम्बरदेखि २० डिसेम्बरको अवधिमा ६ लाख १६ हजार ९३३ जनालाई कोरोनाविरुद्धको पहिलो डोज दिइएको तथ्यांक सार्वजनिक गरेको छ ।
ब्रिटेन फाइजर–बायोएनटेकको खोप आम नागरिकलाई लगाउने पहिलो मुलुक बनेको छ । ब्रिटेनले फाइजर–बायोएनटेकको खोपको ४० मिलियन डोज खरिद गर्न अर्डर दिइसकेको छ ।
ब्रिटिश स्वास्थ्य सचिव मेट हेनककले छिट्टै खोपका लाखौ खुराक प्राप्त हुने बताए ।
आम नागरिकलाई खोप लगाउने क्रममा बृद्ध बृद्धा र तिनको हेरचाहमा कार्यरत कर्मचारीहरुलाई प्रार्थमिकतामा राखिएको हेनककलाई उद्धृत गर्दै इण्डिपेन्डेन्ट न्युजले जनाएको छ ।