Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानमा चर्कियो सरकारविरोधी आन्दोलन

पाकिस्तानमा चर्कियो सरकारविरोधी आन्दोलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७७ शुक्रवार • १६:५१:१२ बजे
  • 1.2K
    SHARES
  • पाकिस्तानमा चर्कियो सरकारविरोधी आन्दोलन
    एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । ‘यदि चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न् भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा आयोजित विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुुभमेन्टको सभाका क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रश्न राखेकी हुन् ।

    मरियम पाकिस्तान मुस्लिम लिग–नवाज –पिएमएल–एन) की नेतृ हुन् । ‘चुनावभन्दा पहिले इमरानले भन्थें कि उनीसँग २ सयजना विद्धानको टिम छ । त्यो टिम अहिले कहाँ छ ? उनका मन्त्री आ–आफ्नो धुन बजाउँछन्, तर उनको २ सय जनाको टोली पाकिस्तानमा कहीँ कतै देखिएको छैन ।’


    इमरानले दिएको एक बयानबारे प्रश्न गर्दै मरियमले भनेकी छिन्, ‘उनी देशको समस्या र विदेशी ऋणबारे जानकारी छैन भन्छन् । उनी यो पनि जान्दैंनन् कि सरकार कसरी चलाइन्छ र यसका लागि तयार पनि थिएनन् ।’ मरियमले एक दिनअघि पनि इमरानमाथि निशाना साँधेकी थिइन् । 

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology