Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

चैतको महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो - मुख्यमन्त्री गुरुङ

चैतको महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो - मुख्यमन्त्री गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १०, २०७७ शुक्रवार • १८:१२:१३ बजे
  • 2.1K
    SHARES
  • चैतको महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो -  मुख्यमन्त्री गुरुङ
    आश तमु पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीका नेताहरुको अबरोध र छलछापका कारण काम गर्न अवरोध गरेकाले बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताएका छन् । 

    आज शुक्रबार पोखरामा भएको गण्डकी प्रदेश स्तरीय युवा भेलालाई सम्बोधन गर्दै आफ्नै पार्टी भित्रका नेताबाट घेराबन्दी भएकोले प्रधानमन्त्रीले संसद विघटन बाध्य भएर गर्नु परेको बताएका हुन ।

    आफ्नै पार्टीका केही नेताले काम गर्न नदिएर घेराबन्दीमा पार्यो,अविश्वासको प्रस्ताव ल्याउने योजना बनाइयो त्यसपछि प्रधानमन्त्रीले संसद विघटन बाध्य भएर गर्नुभएको हो ’ उनले भने ।

    मुलुकलाई जोगाउन संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु अलोकतान्त्रिक नभएको भन्दै उनले भने संसद विघटन गरेर राजालाई सत्ता हस्तान्तरण गर्नु भएको होइन, गलत हातमा सत्ता सुम्पिनुभएको होइन, उहाँले मुलुकलाई जोगाउन संसद विघटन गर्नुभएको हो ।

    कार्यक्रममा उनले सूर्य चिन्ह पनि आफूहरुले नै पाउने मन्त्री गुरुङले दावी गरेका छन् । पार्टी संस्थापन को हो भन्ने आम जनमानसमा भ्रम रहेको भन्दै पार्टी फुटाएर जाने प्रचण्ड–नेपाल समुह सस्थापन पक्ष नभएको उनले दावी गरे । बढी टाउको छ भन्दैमा आधिकारिक पार्टीको विषयमा भ्रम फैल्याउने काम भैरहेको भन्दै पार्टी एकता गर्दा दुई अध्यक्षले बहुमतमा नभै आपसी सहमतीमा पार्टी निर्णय गर्ने सहमति रहेको भन्दै टाउकाको बहुमतले केही फरक नपर्ने बताए ।

    गुरुङले" प्रधानमन्त्री ओलीले म आफू कुनै पनि पदमा उठ्दिन, चैत्रमा महाधिवेशन गरेर नेतृत्व चयन गरौं, हामी तपाइलाइ नै अध्यक्ष बनाउछौ भन्दा समेत ३ महिना पनि कुर्न नसकेको आरोप लगाउदै प्रचण्ड–नेपाल समुह सडक आन्दोलन गर्दैमा कुनै पनि देशको प्रधानमन्त्री हुन नसक्ने समेत उनले बताए । प्रचण्ड–नेपाल समुहमा सत्ता, शक्ति र पदको मोह देखिएको समेत आरोप लगाए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology