Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुन मन्त्रलाय कस्लाई ?

कुन मन्त्रलाय कस्लाई ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • ०९:५१:१६ बजे
  • 1.6K
    SHARES
  • कुन मन्त्रलाय कस्लाई ?

    प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तार गरेका छन् । ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेका हुन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

    images

    टोपबहादुर रायमाझी उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साह शहरी विकास, मणि थापा खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, प्रेमबहादुर आले वन तथा वातावरण, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

    विमला विश्वकर्मालाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्म्वारी दिइएको छ । यस अघि उद्योग राज्यमन्त्री रहेका मोती दुगड पदमुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई पनि हटाइएको छ ।

    नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएका हुन् । त्यस्तै ६ जना मन्त्रीको मन्त्रालय हेरफेर भएको छ ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । त्यस्तै शिक्षा, विज्ञान तथा प्रबिधिमा कृष्णगोपाल श्रेष्ठ, कृषि तथा पशुपंक्षीमा पद्मा अर्याल, भूमि सुधारमा शिवमाया तुम्बाहाङफे, न्याय कानुन तथा संसदीय मामिलामा लिलानाथ श्रेष्ठ र संस्कृति, स्वास्थ्य तथा जनसंख्यामा हृदयेश त्रिपाठी , पर्यटन तथा नागरिक उड्ययनमा भानुभक्त ढकाल हेरफेर भएका हुन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मन्त्रलाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology