Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१० महिनादेखि बन्द भएकाे लाइन्सेन्स अर्काे साताभित्र खुल्ने

१० महिनादेखि बन्द भएकाे लाइन्सेन्स अर्काे साताभित्र खुल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • ०९:५३:५४ बजे
  • 1.1K
    SHARES
  • १० महिनादेखि बन्द भएकाे लाइन्सेन्स अर्काे साताभित्र खुल्ने

     कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ ।

    images

    यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागेको बताए ।

    ‘लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा पुसको दोस्रो सातादेखि सुरु गर्ने तयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘यातायात व्यवस्था कार्यालयलाई पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको लागि आवश्यक तयारी गर्न अनुरोध गरिसकेका छौं ।’

    महानिर्देशक हमालले विभागले सम्भवत् शुक्रबार मुलुकभर रहेका १७ वटा यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेर आगामी सातादेखि सञ्चालन गर्न अनुरोध गर्ने दावी गरे । ‘कोभिड १९को जोखिमको बावजुत आवश्यक स्वास्थ्य सतर्कता अपनाए लाइसेन्स सेवा दिन खोजेका हौं,’ उनले भने, कार्यालयले पनि आवश्यक तयारी गरिसकेका छन् ।’

    गत चैतदेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन नहुँदा करिव पाँच लाखभन्दा धेरै सेवाग्राही प्रभावित हुदैं आइराखेका छन् । संघीय सरकारले गत असोज १ गतेदेखि मुलुकभर लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा ल्याएको थियो । चैतदेखि लाइसेन्सको ट्रयाल नखुल्दा सेवाग्राही मर्कामा पर्दै आइरहेका छन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # लाइन्सेन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology