Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बामदेव गौतम अध्यक्ष दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे

बामदेव गौतम अध्यक्ष दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • १०:५९:२८ बजे
  • 1.8K
    SHARES
  • बामदेव गौतम अध्यक्ष  दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

    images

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् ।

    उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए । तर आज उनी प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।

    खुमलटारमा प्रचण्ड–नेपाल पक्षका नेताहरु पनि गौतमसंग छलफलमा सामेल भएका स्रोतले बताए ।

    खुमलटारमा अहिले माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र गौतमबीच छलफल भइरहेको छ । गौतम पक्षका केही नेताहरु भने ओली पक्षमा लागेर मन्त्री भइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # बामदेव गौतम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology