कम्युनिस्ट नेता शशि शेरचन (स्वनाम साथी) को ७० वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा उहाँको निधन भएको हो ।
गत असोज २८ मा कोरोना भाइरसको संक्रमण भएपछि स्वास्थ्य अवस्था बिग्रिंदै गएका स्वनाम संक्रमण मुक्त भईसक्नुभएको थियो ।
तर पाटन अस्पतालमा उपचारका क्रममा कोभिड–१९ को रिपोर्ट नेगेटिभ आए पनि निमोनिया भएपछि काठमाडौं मोडेल अस्पताल सारेर उहाँको उपचार भईरहेको थियो ।
म्याग्दीको अर्मनमा जन्मिएका स्वनामले केही वर्षअघि मिर्गौला प्रत्यारोपणसमेत गराएउनुभएको थियो । लामो समय नेपाली कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका उहाँले हेटौंडा महाधिवेशनमा तत्कालीन माओवादीको विधान बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।उक्त महाधिवेशनमा विधान मस्यौदा समिति संयोजक थिए ।
उहाँ आफूलाई ‘कम्युनिस्ट अभ्यासी’ भनेर चिनाउने गर्नुभएको थियो । तत्कालीन नेकपा ९एकता केन्द्र मसाल०, माओवादी केन्द्र हुँदै राजनीतिमा रहेका स्वनाम एकतापछिको नेकपामा भने कुनै भूमिकामा रहनुभएन । उनी मार्क्सवादी स्कुल खोल्ने अभियानमा हुनुहुन्थ्यो । स्वनामले २०७० सालमा इञ्जिनियर किरण गौतमसँग विवाह गर्नुभएको थियो । स्वनामको अन्त्येष्टि शनिबार गरिने भएको छ ।