नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका छन् ।
प्रचण्ड निवास खुमलटारमा बिहान पुगेका उपाध्यक्ष गौतम ४५ मिनेटर बसेर फर्किएका हुन् । प्रचण्डसँग भेटवार्ताका लागि पुगेका गौतमले पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल गरेका थिए ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए । तर आज उनी प्रचण्ड भेट्न खुमलटार पुगेका
पार्टी एकता बचाउन नसकिएको भन्दै गौतमले दुखेसो पोखेका थिए । पार्टी एकताका लागि अझै पनि पहल गर्नुपर्ने भन्दै एकले अर्कालाई सिध्याउँदा आफूहरु समस्यामा पर्नेतर्फ नेताहरुलाई सचेत गराएका थिए । गौतम खुमलटार पुग्दा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ पनि प्रचण्डसँगै छलफलमा थिए ।