Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवन पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडे

चितवन पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ११, २०७७ शनिवार • १३:५३:३३ बजे
  • 1.0K
    SHARES
  • चितवन पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडे
    चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् ।शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका हुन ।

    भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् ।

    साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड-माधव समूह हाबी छ ।
    जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड-माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology