Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड समूहबाट आएको भोलिपल्टै प्रभु साहले पाए मन्त्रालयको जिम्मेवारी

प्रचण्ड समूहबाट आएको भोलिपल्टै प्रभु साहले पाए मन्त्रालयको जिम्मेवारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ११, २०७७ शनिवार • १४:२५:५७ बजे
  • 1.6K
    SHARES
  • प्रचण्ड समूहबाट आएको भोलिपल्टै प्रभु साहले पाए मन्त्रालयको जिम्मेवारी
    प्रचण्ड समूहबाट आएको भोलिपल्टै प्रभु साहले मन्त्रालयको जिम्मेवारी पाएका छन । छ दिन अघिमात्रै प्रभु साहले ओलीको संसद विघटन गर्ने कदमलाई ‘आत्मघाती’ बताएका थिए । उनले फेसबुकमा प्रतिनिधि सभा बिघटनको निर्णय आत्मघाती भन्दै स्टाटस लेखेका थिए ।

    प्रचण्ड- नेपाल समूहबाट माधव कुमार नेपाल अध्यक्ष बनेपछि साह असन्तुष्ट बनेका थिए। मंगलबार र बिहीबार दुई दिन बसेको प्रचण्ड‍- नेपाल समूहको बैठकमा साह सहभागी थिए।

    पार्टीमा दुई अध्यक्ष राख्नु हुँदैन भनेर उनले सार्वजनिक वक्तव्य समेत दिएका थिए।

    रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह नेपालसँग पार्टी एकतादेखि नै असन्तुष्ट बन्दै  आएका  थिए।नेकपाको अन्तर्संघर्षमा साह तटस्थ रहँदै आएका थिए। मन्त्री हुने भएसँगै साह ओली समूहमा लागेका थिए । 
    prabhu-saha.jpg

  • सम्बन्धित विषय:

  • # प्रभु साह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology