Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार

भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • १४:२८:४६ बजे
  • 1.4K
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार

    सिन्ह्वा । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    images

    गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २ सय ५१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ३ सय ४३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ४० हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८१ हजार ६ सय ६७ सक्रिय संक्रमित रहेका छन् ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घन्टामा ७ सय ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३० जनाको संक्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ४ सय १४ जनाको मृत्यु भइसकेको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १६ करोड ७१ लाख आठ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology