Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाहाल–नेपाल समूह छाडेर ओली समुह लागे पछी श्रीमान पछी श्रीमति बने महिला, बालिबालिका मन्त्री

दाहाल–नेपाल समूह छाडेर ओली समुह लागे पछी श्रीमान पछी श्रीमति बने महिला, बालिबालिका मन्त्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ११, २०७७ शनिवार • १५:१७:३३ बजे
  • 1.8K
    SHARES
  • दाहाल–नेपाल समूह छाडेर ओली समुह लागे पछी श्रीमान पछी श्रीमति बने महिला, बालिबालिका मन्त्री
    मन्त्रिपरिषदमा पुर्ब मन्त्री रघुवीर महासेठका श्रीमती जुलीकुमारी महतोले मन्त्रालयको जिम्मेवारी पाएका छन ।

    पार्टी विभाजनको पहिलो दिन उनका श्रीमान् रघुवीर महासेठ दाहाल–नेपाल समूहको बैठकमा गएका थिए । तर पछि उनीहरू दुवै ओलीकै समूहमा बसे । महासेठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । उनले काम राम्रो गर्न नसकेको भन्दै आलोचना भएपछि ओलीले हटाएका थिए । अहिले उनकै श्रीमती महतोलाई ओलीले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका हुन् ।

    महतो साविक एमालेका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित भएकी हुन् । गृहजिल्ला धनुषा भएकी उनी यसअघि नेपालको संविधानसभा १ मा पनि समानुपातिकतर्फका सभासद् थिईन् ।

    यस अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि रघुवीर महासेठ दाहाल खेमामा र जुलीकुमारी महतो केपी शर्मा ओली खेमामा देखिएका थिए ।महासेठ यसअघि अध्यक्ष ओली नेतृत्वको सरकारमा भौतिक तथा यातायात मन्त्री थिए ।

    ओलीले मन्त्रीबाट हटाएपछि उनी असन्तुष्ट बनेका थिए । उनी नियमित प्रचण्ड पक्षको भेलामा सहभागी हुँदै आएका थिए । ववरमहल बैठकमा पनि महासेठ सहभागी भएका थिए । ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology