Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण हावाबाट पनि फैलन्छ,विश्व स्वास्थ्य संगठनको स्वीकार

कोरोना संक्रमण हावाबाट पनि फैलन्छ,विश्व स्वास्थ्य संगठनको स्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७७ बुधवार • ०८:३७:२१ बजे
  • 1.9K
    SHARES
  • कोरोना संक्रमण हावाबाट पनि फैलन्छ,विश्व स्वास्थ्य संगठनको स्वीकार

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्विकार गरेको छ । यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्युएचओलाई खुल्ला पत्र लेख्दै आफ्ना दिशानिर्देशहरुमा संशोधन गर्न आग्रह गरेको थियो ।

    images

    क्लिनिकल ईन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित एक खुल्ला पत्रमा विभिन्न ३२ मुलुकका २३९ जना वैज्ञानिकहरुले कोरोना भाइरसका बारेमा तर्क पेश गरेका थिए । उनीहरुले भनेका थिए, ‘कोरोना भाइरस, फ्लोटिङ भाइरस हो, जुन हावामा अडिन र बाँच्न सक्छ । यसका साथै सास फेर्दा मानव शरीरमा सजिलै प्रवेश गरी संक्रमण फैलाउँछ ।’

    विश्व स्वास्थ्य संगठनका लागि लेखिएको सो खुल्ला पत्रमा वैज्ञानिकहरुले, कोरोना भाइरस संक्रमण सम्बन्धि यो विषयमा पुनर्विचार गरी नयाँ दिशानिर्देश जारी गर्न आग्रह गरेका थिए । यस बारे विश्व स्वास्थ्य संगठनका बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाबाट फैलिने प्रमाण प्राप्त भैरहे पनि एकिनका साथ भन्न सक्ने अवस्था आइनसकेको बताए । उनले भने, ‘सार्वजनिक स्थानहरु, खासगरी भिडभाड हुने स्थान, कम हावा भएको या बन्द कोठा वा स्थानमा हावाको माध्यमबाट कोरोना भाइरस फैलने कुरालाई नकार्न सकिंदैन ।

    यद्यपी यसबारे प्रमाण संकलन गर्ने र यसको अध्ययन गर्न अझै जरुरी छ । हामीले यो काम गरिरहेका छौं ।’ यसअघिसम्म विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमित ब्यक्तिको मुख या नाकबाट निस्किएको सुक्ष्म कणहरुबाट सर्छ ।

    हावाबाट सदैन भन्ने तर्कलाई समर्थन गर्दै आएको बिबिसीले जनाएको छ । डब्ल्युएचओकी टेक्निकल लिडर डाक्टर मारिया भान केरखोभले छिट्टै विशेष जानकारी दिइने बताइन ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology