Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ राजा’ बन्ने प्रयासमा रहेका ओलीले अदालत विघटन गरे भने के हुन्छ : सुरेन्द्र पाण्डे

नयाँ राजा’ बन्ने प्रयासमा रहेका ओलीले अदालत विघटन गरे भने के हुन्छ : सुरेन्द्र पाण्डे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • १८:५१:४८ बजे
  • 1.4K
    SHARES
  • नयाँ राजा’ बन्ने प्रयासमा रहेका ओलीले अदालत विघटन गरे भने के हुन्छ : सुरेन्द्र पाण्डे

    नेकपाको प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद विघटनविरुद्धको रिटमा आउन सक्ने फैसलालाई लिएर अदालतलाई खबरदारी गरेका छन् । उनले संसद विघटनलाई अदालतले खारेज गर्नुपर्ने बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा धादिङ-काठमाडौं सम्पर्क मञ्चको प्रचण्ड-माधव समूहको भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ राजा बन्ने प्रयासमा रहेको भन्दै अदालतले उनको कदम रोक्नुपर्ने बताए ।

    नेता पाण्डेले प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीले भोलि अदालत पनि विघटन गर्नसक्ने आशंका गरे । उनले प्रश्न गरे, ‘आज संसद विघटन गर्ने ओलीले भोलि अदालतनै विघटन गरे भने के हुन्छ ?’

    नेता पाण्डेले कुनैपनि हालतमा संसद पुनःस्थापना हुनै पर्ने जिकिर गरे । उनले नयाँ राजा बन्ने प्रयासमा नलाग्न ओलीलाई समेत चेतावनी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology