Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड नेपाल समुहले पुष १४ गते काठमाण्डौंमा ५० हजारदेखि एक लाख कार्यकर्ता उतार्ने

प्रचण्ड नेपाल समुहले पुष १४ गते काठमाण्डौंमा ५० हजारदेखि एक लाख कार्यकर्ता उतार्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७७ आइतवार • १६:११:१२ बजे
  • 1.2K
    SHARES
  • प्रचण्ड नेपाल समुहले पुष १४ गते काठमाण्डौंमा ५० हजारदेखि एक लाख कार्यकर्ता उतार्ने

    पुष ५ गते प्रधानमन्त्री ओलीले पार्टी भित्र विवादको झाँेकमा संसद विघटन गरे पछि त्यसको प्रतिकारमा उत्रिएको प्रचण्ड माधव समुहले पुष १४ गते राजधानीमा बिशाल र्याली निकाल्ने भएको छ । देशभरबाट कार्यकर्ता जम्मा पारेर करीब ५० हजारदेखि १ लाख सम्मको मास प्रदर्शन गर्ने तयारी भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस अघि पनि साना ठूला प्रदर्शन जारी रहने र पार्टीको तल्लो कमिटि स्तरमा भेला बैठक जारी राख्ने उनले बताए ।


    यसको व्यवस्थापन र तयारीका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति समेत यस अघि नै यस समुहले बनाएको छ । नेकपाको संसद र केन्द्रीय समितिमा पूर्ण बहुमत रहेको यो समुहले संसद पुनस्थापना गर्नु पर्ने माग गर्दै आएको छ । शक्ति प्रदर्शनबारे थप तयारी गर्न आज सचिवालयको बैठक समेत पेरिसडाँडामा बसेको थियो । यो समूहले आउँदो २० गतेसम्म सबै प्रदेश र गाउँपालिकास्तरका भेला सम्पन्न गरिसक्ने निर्णय गरेको थियो ।

    images

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology