Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चुनाव जीतेर ठूलो पार्टी बन्ने काँग्रेसले आश नगरे हुन्छः भट्टराई

चुनाव जीतेर ठूलो पार्टी बन्ने काँग्रेसले आश नगरे हुन्छः भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७७ आइतवार • १६:४८:४१ बजे
  • 1.2K
    SHARES
  • चुनाव जीतेर ठूलो पार्टी बन्ने काँग्रेसले आश नगरे हुन्छः भट्टराई
    जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संवैधानिक व्यवस्थामाथि खड्ग प्रहार गरेको टिप्पणी गरेका छन् ।

    बयलगाडा चढेर अमेरीका पुगिदैन भन्ने ओलीले चुनावको घोषणा गरेर बिषको भाँडोमा अमृत हालेको पनि भट्टराईको तर्क छ ।
    उनले ओलीले चुनाव नगर्ने दाबी गर्दै चुनाव होला र ठूलो पार्टी बनौला भनेर आश नगर्न काँग्रेसलाई चेतावनी दिए ।
    काँग्रेसले ढुलमुले चरित्र देखाएको प्रति टिप्प्णी गर्दै भट्टराईले यस्तो बताएका हुन् ।


    संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले सम्झना गराए ।प्रधानमन्त्री ओलीको असंवैधानिक कदम बिरुद्ध शसक्त विद्रोह गरेर संसद पुनस्थापना गर्ने भट्टराईले बताए । ओलीले खल्तीका मान्छे लगेर सबै संस्थामा राखेको भन्दै अब सडक आन्दोलनको विकल्प नरहेको पनि उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology