Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली र प्रचण्ड-नेपाल पक्षबीच विवाद, पार्टी कार्यालयमा ताला

ओली र प्रचण्ड-नेपाल पक्षबीच विवाद, पार्टी कार्यालयमा ताला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७७ आइतवार • १७:५१:२५ बजे
  • 1.2K
    SHARES
  • ओली र प्रचण्ड-नेपाल पक्षबीच विवाद, पार्टी कार्यालयमा ताला

    पार्टी कार्यालयको विषयलाई लिएर कञ्चनपुरमा नेकपाका दुई पक्षबीच विवाद भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले कार्यकर्ता भेलाको तयारी गरेको अवस्थामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले कार्यालयमा तालाबन्दी गरेपछि विवाद भएको हो।

    images

    आइतबार दिउँसो १२ बजे प्रचण्ड-नेपाल पक्षको विस्तारीत जिल्ला भेला आयोजना गरिएको थियो। ओली पक्षले गुटको भेला पार्टी कार्यालयमा गर्न नपाइने भन्दै मूलगेट, कार्यालय र सभा कक्षमा ताला लगाएको थियो। ओली पक्षले पार्टी कार्यालयको मुल गेटमा लगाएको ताला प्रचण्ड-नेपाल पक्षले तोडिदिएपछि विवाद सिर्जना भएको हो।

    ओली पक्षका अनेरास्ववियुको केन्द्रीय सदस्य कमल रोकायाले न्यायालयबाट पार्टीको आधिकारिक नहुँदासम्म पार्टी कार्यालयमा गुटको कार्यक्रम गर्न नहुने भन्दै तालाबन्दी गरेको बताए। ‘कुन आधिकारिक हो भन्नेबारेमा यकिन भएको छैन, त्यतिञ्जेल हामी पाटी कार्यालयमा कुनै पनि कार्यक्रम गर्न दिँदैनौँ’, उनले भने, ‘हामीले पार्टी कब्जा गरेका होइनौं।’

    प्रचण्ड-नेपाल पक्षले भने पार्टी कार्यालयमा अवरोध गर्नु गैरलोकतान्त्रिक चरित्र भएको भन्दै कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन्। अनेरास्ववियु कञ्चनपुरका सह संयोजक ओम बस्नेतले पाटी कार्यालयमा ताला लगाउनु गलत भएको भन्दै आधिकारिक निर्णय नआएसम्म पार्टी कार्यालय स्वतन्त्र छोड्नुपर्ने बताए।

    प्रचण्ड-माधव पक्षका नेकपाका नेता उर्वा दत्त पन्तले जिल्ला कमिटि विघटन नगरेको अवस्थामा जिल्ला कमिटिले आफ्ना कार्यक्रम गर्न पाउनुपर्ने बताए। नेकपा पार्टी कार्यालयमा दुवै पक्षबीचका कार्यकर्ताबीच केहीबेर तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति बढाएको छ। ओली पक्षले पार्टी कार्यालयमा कार्यक्रम गर्न नदिएपछि प्रचण्ड-नेपाल पक्षको विस्तारीत जिल्ला भेला प्रभावित भएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology