Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोना भाइरस संक्रमित

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोना भाइरस संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७७ बुधवार • १३:१४:०४ बजे
  • 1.7K
    SHARES
  • ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोना भाइरस संक्रमित

    एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोना भाइरसबाट संक्रमित भएका छन्। ज्वरोसहितको लक्षण देखिएपछि उनको सोमबार परीक्षण गरिएको थियो । बोल्सोनारुले पटकपटक मामुली फ्लु भन्दै कोरोना भाइरसको गम्भीरतालाई कम आँक्दै आएका थिए ।
    रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर असर नगर्ने बताउँदै आएका थिए । ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका थिएनन्। त्यस्तै उनले ज्वरो कम भइरहेको र आफूले ठीकै महसुस गरिरहेको पनि बताएका थिए।

    images

    आइतबारदेखि ज्वरो र खोकीसहित बिरामी भएको महसुस गरेको पनि उनले बताएका थिए । सोमवार थप असहज भएपछि कोरोना भाइरसको परीक्षण गरिएको थियो । ६५ वर्षीय बोल्सोनारु उमेरका कारण जोखिम समूहमा पर्छन ।

    उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएको औलोविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन तथा एन्टीबायोटिक एजिथ्रोमाइसिन लिइरहेको बताएका छन् । दुवै औषधिले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण छैन।

    पछिल्लो समय यी दुवै औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न नहुने भन्दै विज्ञहरुले सुझाउँदै आएका छन । अब राष्ट्रपति बोल्सोनारुको सम्पर्कमा आएका मानिसहरूको पनि परीक्षण गरिनेछ । यसअघि पनि तीन पटक बोल्सोनारुको परीक्षण गरिएको थियो। त्यसबेला उनमा संक्रमण पुष्टि भएको थिएन।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology