Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संखुवासभामा प्रहरी दमन दोहोरो भिडन्त नभएको प्रबक्ता प्रकाण्डको दाबी

संखुवासभामा प्रहरी दमन दोहोरो भिडन्त नभएको प्रबक्ता प्रकाण्डको दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७७ सोमवार • ०७:१०:४८ बजे
  • 1.7K
    SHARES
  • संखुवासभामा प्रहरी दमन दोहोरो भिडन्त नभएको प्रबक्ता प्रकाण्डको दाबी

    आइतबार दिउँसो सवाँ ३ बजे चैनपुर नगरपालिका-४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि गोली प्रहार गरिएको भनेर आएकासमाचार निराधार भएको बताईएको छ ।
    EBFD6421-AB67-4F08-96CF-9E1BF4B19760.jpeg

    images

    प्राप्त समाचारका अनुसार विद्रोही नेकपाका जिल्ला ईन्चार्ज युवराज राईलाई पक्राउ गर्न उनको घर पुगेको प्रहरीले ईन्चार्ज राईलाईनभेटेपछि उनकी बहिनी चन्द्राकला राईलाई कुटपिट र लछारपछार गर्दै,तेरो दाइ कहाँ छ भन भन्दै दुर्ब्यवहार गरेको परिवार स्रोतलेबताएको छ ।

    कुटपिट र लछारपछार गर्दा ईन्चार्ज राईकि बहिनी चन्द्रकलाको ढाडमा गम्भीर चोट लागेको बुझिएको छ ।

    यस अगाडि समेत प्रहरी ईन्चार्ज राईलाई पक्राउ गर्न उनको घर मैदानेमा पुगेको थियो,त्यतिखेर समेत गोलि हानाहानको हल्ला चलेकोथियो।

    देशको पछिल्लो राजनितिक संकट र त्यसपछी उत्पन्न परिस्थिति बाट अफ्ठ्यारोमा परेका केपी र बादल सरकारले

    आफ्नो कुकर्महरुलाई ढाकछोप गर्न र जनताको ध्यायन बिकेन्द्रित गर्नका लागी क्रान्तिकारी शक्ति र त्यसका नेता कार्यकर्ताहरुलाईधरपकड,गिराफ्तार,र दमन गर्ने तयारी गरेको

    र संखुवासभा यसैको सुरुवात भएको नेकपाले दाबी गरेको छ।नेकपा प्रबक्ता प्रकाण्डले एक बिज्ञप्ति निकाल्दै संखुवासभालघटना सरकारले नियोजित हिसाबले प्रचार गरेको  घटनमा दोहोरो गोली हानाहान नभई प्रहरीले एक तर्फी सर्बसाधारण जनतामाथी ज्यादति गरेको दाबी गरेका छन।

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology