संसद विघटन र नेकपाको विभाजन पछि पहिलो पटक उच्च स्तरीय चीनीया अधिकारीहरु काठमाण्डौको आकस्मिक भ्रमणमा छन् । हिजो मध्यान्ह राजधानीमा ओर्लिए पछि नेपालको पछिल्लो घटनाक्रमहरुको जानकारी राजदुतावासबाट लिए पछि चीनीया टोलीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली एयर चाइनाको चार्टर विमानबाट काठमाडौं आईपुगेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसगँ भेटवार्ता गरे पछि टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो । यी कुराकानीहरुमा पछिल्लो घटनाक्रमबार चासो राख्दै नेपालमा एकता, स्थीरता र विकासमा जोड दिएको बताईएको छ ।
चीनीया पाहुना टोलीले नेपाल सरकारका तर्फबाट दिईने सुरक्षाकर्मी समेत लिएका छैनन् । उनीहरुको सुरक्षा दुतावास स्वयंले व्यवस्था गरेको जनाईएको छ ।चीनीया टोलीले आज नेकपाका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, सभामुख अग्नी सापकोटा लगायत विभिन्न नेताहरुसगँ भेटवार्ता गर्ने बताईएको छ ।विष्लेषकहरुले चीनको चासो कुनै बिशेष स्वार्थ नभएर नेकपाको एकता, स्थीरता, शान्ति र विकासमा रहने गरेको बताएका छन् । चीनीया टोली चार दिने भ्रमणमा आएको हो ।