Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सडकमा भइरहेको प्रदर्शन तत्काल रोक्न नेकपा अध्यक्ष प्रचण्डले,ओलीलाई गरे आग्रह

सडकमा भइरहेको प्रदर्शन तत्काल रोक्न नेकपा अध्यक्ष प्रचण्डले,ओलीलाई गरे आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७७ बुधवार • १३:१८:२८ बजे
  • 2.8K
    SHARES
  • सडकमा भइरहेको प्रदर्शन तत्काल रोक्न नेकपा अध्यक्ष प्रचण्डले,ओलीलाई गरे आग्रह

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलगायत पार्टी नेताविरुद्ध सडकमा भइरहेको प्रदर्शन रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

    images

    ओली निकट युवा विद्यार्थीले सडकमा प्रचण्डसहितका नेकपा नेताहरुविरुद्ध प्रदर्शन गरेपछि प्रचण्डले तत्काल सडकमा भएको प्रदर्शन रोक्न आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली निकट युवा विद्यार्थीले प्रचण्डसहित नेकपा नेताहरुविरुद्ध सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएर लेखेका थिए । त्यस्तै ठाउँ ठाउँमा प्रदर्शन भएपछि प्रचण्डले ओलीलाई यस्तो आग्रह गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।

    स्रोतका अनुसार प्रचण्डले भने, 'तपाईँले तत्काल प्रदर्शन रोक्नुस् । यसले पार्टी एकतालाई फाइदा गर्दैन । अर्को पक्षले पनि ठूलो संख्यामा प्रदर्शन गरेमा त्यसको परिणाम के हुन्छ ? त्यसैले सामाजिक सञ्जालमा गरिएका गलत टिप्पणी रोकेर र सडक प्रदर्शनका नाम भएका क्रियाकलाप रोकेर तपाईँले पहल लिनुपर्छ । यसले पार्टी एकतालाई राम्रो गर्दैन ।'शीर्ष नेताहरु वार्ता र संवादकै क्रममा रहेका बेला ओलीले आफू निकट युवा विद्यार्थीलाई बालुवाटार बोलाएर सडक प्रदर्शन चर्काउन निर्देशन दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology