Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रहरी हत्या

कैलालीको जुगेडामा प्रहरी विक र साउदको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ

कैलालीको जुगेडामा प्रहरी विक र साउदको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १३, २०७७ सोमवार • १२:००:११ बजे
  • 1.1K
    SHARES
  • कैलालीको जुगेडामा प्रहरी विक र साउदको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ
    कैलालीको जुगेडामा दुई जना प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ परेका छन्।

    कैलाली प्रहरीले आइतबार राती धनगढी उपमहानगरपालिका-१० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई पक्राउ गरेको हो। घटनालगत्तै उनी भारततर्फ लागेका थिए।

    जुगेडास्थित अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउद गस्ती गर्नेक्रममा गत कात्तिक १ गते राति बेपत्ता भएका थिए। भोलिपल्ट स्थानीय मोहना नदीमा उनीहरुको शव भेटिएको थियो।

    घटनामा संलग्न भएको आरोपमा यसअघि नै ९ जना पक्राउ परेका थिए। तीमध्ये ८ जना पुर्पक्षका लागि थुनामा छन् भने एकजना धरौटीमा छुटेका थिए।

  • सम्बन्धित विषय:

  • # मुख्य योजनाकार पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology