Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले ढिलोचाँडो ओलीले संकटकाल लागु गराइ,जंगी शासनको सुरुवात गर्छन - नेता गुरुङ

ओलीले ढिलोचाँडो ओलीले संकटकाल लागु गराइ,जंगी शासनको सुरुवात गर्छन - नेता गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १३, २०७७ सोमवार • १६:४६:३४ बजे
  • 1.4K
    SHARES
  • ओलीले ढिलोचाँडो ओलीले संकटकाल लागु गराइ,जंगी शासनको सुरुवात गर्छन - नेता गुरुङ
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देव गुरुङले प्रम केपी ओलीले देशमा ढिलोचाँडो संकटकाल लागु गर्ने र जंगी शासन सुरु हुने बताएका छन् ।

    पोखरामा पत्रकार सम्मेलनमा बोल्दै गुरुङले कथंकदाचित संसद विघटनलाई वैधता दिए संसद प्रधानमन्त्रीको ‘प्यादा’ बन्ने र सार्वभौम अधिकार प्रधानमन्त्रीमा जाने कुरा बताएका हुन । प्रधानमन्त्रीले संविधानले परिकल्पना नै नगरेको संविधान विघटन गरेर देशलाई सर्वसत्तावाद र फाँसीवादको दिशामा लैजान खोजेको उनको आरोप छ । 

    २०४७ सालको संविधानमा संंसद विघटनको प्रावधान थियो, अहिले संविधानले त्यस्तो व्यवस्था नै छैन’, उनले भने,‘ यो देशमा संकटकाल लागु गरेर संविधानका सबै धाराहरु निष्कृय हुनेछन्, बन्दी प्रत्यक्षीकरण र मौलिक हकका केही धारा बाँकी रहलान्, त्यो बेला अदालतले कुनै काम गर्नेछैन अनि त्यहाँ राष्ट्रपति शासन लाग्नेछ ।’ उनले प्रधानमन्त्री केपीसँग निरंकुश र फाँसीवादी प्रवृत्ति भएको आरोप लगाउँदै उनको त्यो नियतमा विदेशी शक्तिले खेलेको जिकिर पनि गरे ।

    ‘नेपाललाई शैन्य बेस एरिया बनाउने र खासगरि चीन र तिब्बतलाई फुटाउने उद्देश्य भएको शक्तिले यहाँ खेलिरहेको छ’, उनले भने,‘ यहाँ पार्टीका निर्णयहरु सरकारमा लागु नहुने र पार्टीलाई बढीभन्दा बढी कमजोर बनाउने र नेपाललाई गठबन्धनको शैन्य बेस एरिया बनाउने उद्देश्यले प्रेरित छ ।’

    ओलीको आत्मसमर्पणवादका कारण विदेशीले खेल्ने ठाउँ पाएको बताउँदै उनले पार्टी, संसद र यो संविधान रहेसम्म विदेशीले हस्तक्षेप गर्न नसक्ने भएकोले संविधान पनि भत्काउन लागिएको पनि बताए ।चीनसँग नेपालको हार्दिकतापूर्ण सम्बन्ध भएको र चिनियाँहरुले नेपालको सार्वभौमसत्तामा हस्तक्षेप नगरेकोले उनीहरुको चासो नेपालको अहितमा नहुने उनको जिकिर थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology