Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देउवाका कुरा यता न उता !

देउवाका कुरा यता न उता !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७७ सोमवार • १८:१९:०८ बजे
  • 1.8K
    SHARES
  • देउवाका कुरा यता न उता !
    काँग्रेस सभापति शेर बहादुर देउवामाथि पार्टी भित्र पनि प्रधानमन्त्री ओलीसगँ साँठगाँठ गरेको हुन सक्ने आशका केही नेताहरुले गरेका थिए । खास गरी संवैधानिक परिषद्मार्फत हुने आयोगहरुको नियुक्तिमा । त्यसैले उनले संसद विघटन बिरुद्ध आन्दोलनको कार्यक्रम बनाउन समेत तयार भएका थिएनन् ।

    तर रामचन्द्र पौडेल समुहको ब्यापक विरोध र दबाब पछि सभापति देउवा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएका थिए । सोही बमोजिम आज देशभर काँग्रेसले विरोध प्रदर्शन समेत गर्यो । भक्तपुरको बिरोध सभामा बोल्न पुगेका सभापति देउवाले संसद पुनस्थापना या नयाँ निर्वाचन ? भन्ने बिषयमा अदालतलाई देखाएर ठोस धारणा राखेनन् ।उनी नयाँ निर्वाचनको पक्षमा रहेको भनिदै आएको छ ।काँग्रेस अहिले सानो हैसियतमा खुम्चिएको र नेकपा विभाजन भएकाले अब बहुमत सहित ठूलो पार्टी हुने र आफू प्रधानमन्त्री हुने आकांक्षा देउवामा रहेको काँग्रेसीजनले नै आरोप लगाउदै आएका छन् ।

    यसै सन्दर्भमा देउवाले आज बोल्ने क्रममा अदालतमा बिचाराधीन रहेको मुद्धामा काँग्रेसले कुनै पनि पक्षमा नबोल्ने न यता न उता भन्ने अभिव्यक्ति दिएका छन् ।उनले अदालतको फैसला जे आउछ त्यो मान्ने तर अदालतलाई तर्साएर वा धम्क्याएर निर्णय गर्न बाध्य पार्न नहुने बताए ।त्यस्तै देउवाले संसद विघटन बिरुद्ध शुरुमा बन्न लागेको तीन ठूला दलको मोर्चाबन्दी पनि अस्वीकार गरेका छन् । उनले कुनै पनि दलसगँ नमिलि काँग्रेस एक्लैले प्रदर्शन गर्ने र शक्तिको आकंलन गर्ने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology