नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा प्रधानमन्त्री केपी ओलीले कंलकको टिका लगाएको बताएका छन् ।
आज पार्टी निकट जनसंस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बाजी आफूहरुले जीतिसकेको दाबी गर्दै अब निर्वाचन जीत्ने बताए । ओलीले लोकतन्त्रको हत्या गरेकाले जनतामा जानु परेको भन्दै प्रचण्डले प्रतिगमनका बिरुद्ध लड्ने बताए ।
अब दुई चार महिना मात्रै हो त्यस पछि सबै परिणाम देखिहाल्छ , आफ्नै केही नेता ओलीतिर लागेर मन्त्री भएकाहरुप्रति व्यग्य गर्दै ती साथीहरु दुई चार महिना पछि आउछन्, प्रचण्डले भने ।