Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल प्रहरीका ९ एसएसपीहरू डीआईजीमा बढुवाका लागि सिफारिस,पहिलो नम्बरमा गणेशबहादुर ऐर

नेपाल प्रहरीका ९ एसएसपीहरू डीआईजीमा बढुवाका लागि सिफारिस,पहिलो नम्बरमा गणेशबहादुर ऐर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १३, २०७७ सोमवार • २२:२५:५४ बजे
  • 2.5K
    SHARES
  • नेपाल प्रहरीका ९ एसएसपीहरू डीआईजीमा बढुवाका लागि सिफारिस,पहिलो नम्बरमा गणेशबहादुर ऐर
    नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

    गृह मन्त्रालयको बढुवा समितिले सोमबार ९ जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    डीआईजी बढुवाका लागि सिफारिस हुने पहिलो नम्बरमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत गणेशबहादुर ऐर छन् । प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा नक्साल, काठमाडौंमा कार्यरत पुरुषोत्तम कँडेल दोस्रो नम्बरमा बढुवा भएका छन् ।

    प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखा नक्साल, काठमाडौंमा कार्यरत राजेश कुमार लाल कर्ण बढुवाको तेस्रो नम्बरमा छन् भने प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा कार्यरत डा देवबहादुर बोहरा चौथो नम्बरमा रहेका छन् ।

    प्रहरी प्रधान कार्यालय यूएन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका दिवेश लोहनी बढुवाको पाँचौ नम्बरमा परेका छन् ।

    १ नम्बर प्रदेश कार्यालय प्रहरी कार्यालय विराटनगरका रामकृपाल साह, प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालय नक्सालका उमेश रञ्जितकार, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा वैदेशिक महाशाखा नक्सालका प्रकाश अधिकारी र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा कार्यरत मुकुन्दराज आचार्य पनि बढुवाका लागि सिफारिस भएका छन् ।

    एक साता पछि मन्त्रिपरिषद बैठकले सिफारिसमाथि निर्णय गर्नेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology