Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समूहले विरोध प्रदर्शन गर्दै

आज प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समूहले विरोध प्रदर्शन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • ०८:२७:३५ बजे
  • 2.4K
    SHARES
  • आज प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समूहले विरोध प्रदर्शन गर्दै
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज (मङ्गलबार) देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । गएको पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिएका छन् । नेकपाले काठमाडौंको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्ने जनाएको छ ।
    सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ । स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले जुलूसको नेतृत्व गर्ने बताइएको छ ।
    नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ । नेकपा प्रचण्ड माधव समूहले देशभर प्रर्दशन गर्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology