Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरसविरुद्धको खोपमा निर्माणमा चीन सबैभन्दा अगाडि,जुलाइको अन्तिममा अन्तिम चरणको परीक्षण

कोरोना भाइरसविरुद्धको खोपमा निर्माणमा चीन सबैभन्दा अगाडि,जुलाइको अन्तिममा अन्तिम चरणको परीक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७७ बुधवार • १७:१२:४६ बजे
  • 2.5K
    SHARES
  • कोरोना भाइरसविरुद्धको खोपमा निर्माणमा चीन सबैभन्दा अगाडि,जुलाइको अन्तिममा अन्तिम चरणको परीक्षण

    एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप बनाउने दौडमा चीन संसारमै अगाडि देखिएको छ । चिनियाँ कम्पनी बायोटेकले तयार पारेको कोरोनाविरुद्धको खोप जुलाइको अन्तिममा अन्तिम चरणको परीक्षणमा छ । यो अहिलेसम्म संसारमै सबैभन्दा प्रगति भएको भ्याक्सिन भएको रोयटर्सले जनाएको छ,यसअघि नै एउटा चिनियाँ भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छ । तेस्रो चरणमा प्रवेश गर्ने तीनमध्ये दुईवटा चीनका छन् । चीनले जनमुक्ति सेना, राज्यका विभिन्न अनुसन्धान निकाय र निजी क्षेत्रलाई पनि एकसाथ खोप निर्माणमा लगाएको छ ।

    images

    अमेरिकासहित दर्जनौँ देशले खोप निर्माणमा काम गरिरहेका छन् । कोप निर्माणको दौडमा चीन सबैभन्दा अगाडि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खोप उत्पादनका लागि पनि आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि चीनले राम्रो प्रगति गरेको छ ।

    संसारमा अहिले निर्माणको क्रममा रहेका १९ खोपमध्ये चीनका ८ वटा रहेका छन् । चीनले इन्एक्टिभेटेस भ्याक्सिन टेक्नोलोजीको प्रयोग गरेको छ भने पश्चिमाहरुले मेसेन्जर आरुएनए नामको प्रविधिको प्रयोग गरेका छन् । सिनोभेकले एक, चाइना नेशनल बायोटेकले दुई र चाइना नेशनल फार्मा सिनोफार्मले एउटा खोप मानव परीक्षण गरिरहेका छन् । तेस्रो चरणको क्लिनिकल परीक्षणमा चीनका दुई र अक्सफोर्ड विश्वविद्यालयको एउटा खोप रहेका छन् । चिनियाँ जनमुक्ति सेनाले बनाएको कोरोनाविरुद्ध खोप पहिलो पटक पिएलएका प्रमुख वैज्ञानिक चेन वीले नै प्रयोग गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology