Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देउवाद्वारा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त

देउवाद्वारा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १०:१३:१८ बजे
  • 1.4K
    SHARES
  • देउवाद्वारा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त

     कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । कांग्रेसले यही निर्णय गर भनेर अदालतलाई नधम्क्याउने र नतर्साउने देउवाको भनाइ छ ।

    images

    देउवाले राजाको प्रत्यक्ष शासन रहेको पञ्चायती व्यवस्थामा पनि अदालतले स्वतन्त्र निर्णय दिएको स्मरण गरे । ‘पञ्चायतमा पनि हामीले न्याय पाएका थियौं । अदालतले हिम्मत गथ्र्यो’, भक्तपुरको मध्यपुर थिमीमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने । उनले अदालतको निर्णय कांग्रेसले मान्ने र अदालतको निर्णयलाई सम्मान गर्दै आएको बताए । उनले स्वतन्त्र न्यायपालिकालाई कसैले पनि हस्तक्षेप गर्ने, धम्क्याउने र तर्साउने कार्य गर्न नहुनेमा जोड दिए ।

    कम्युनिस्टहरू सरकारमा आएपछि न्यायालयमा हस्तक्षेप हुन थालेको आरोप उनले लगाए । ‘तैपनि कतिपय अवस्थामा अदालतले स्वविवेकीय निर्णय गरेको छ’, उनले भने, ‘अहिले पनि त्यही निर्णय आउने विश्वासमा छौं ।’

    सर्वोच्चले प्रतिनिधिसभा पुनः स्थापना गर्ने वा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम सदर गर्ने जुन निर्णय दिए पनि कांग्रेसले मान्ने उनको भनाइ थियो । ‘त्यसैले अदालतको निर्णयसम्म कांग्रेसले पर्खन्छ’, उनले भने, ‘अदालतको निर्णय आफ्नो ठाउँमा होला । तैपनि कांग्रेस जनताबीच जान तयार भएर बस्नुपर्छ ।’ उनले विघटनविरुद्ध अरू पार्टीले सँगै आन्दोलनमा जान आग्रह गरिरहेको जानकारी दिए । उनका अनुसार कोरोना भाइरस संक्रमणको अवस्था हेरेर पार्टीले निरन्तर संघर्षका कार्यक्रम जारी राख्नेछ ।

    यद्यपि, उनले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एक्लैले संघर्ष गर्ने उद्घोष गरे । उनले एक्लै संघर्ष गर्दा आफ्नो शक्ति र संख्याको आकलन हुने स्पष्ट पारे। प्रतिनिधिसभा विघटन असंवैधानिक र अप्रजातान्त्रिक कदम भएकाले त्यसविरुद्ध कांग्रेस एक्लैले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको उनको स्पष्टोक्ति थियो । पहिले संयुक्त आन्दोलन गरिँदा धोका पाएको स्मरण गर्दै उनले भने, ‘कांग्रेस कसैसँग मिलेर संसद् विघटनविरुद्ध जाँदैन । हामी एक्लै आन्दोलनमा जान्छौं । एक्लै संघर्षमा जाँदा कांग्रेसका शक्ति र संख्याको पनि आकलन हुन्छ । र, जनतालाई पनि हाम्रो स्पष्ट अडान र धारण बताउन सकिनेछ ।’ उक्त समाचार अजाको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology