Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा निकालिएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, बीच सडकमा सुतेर सरकार विरुद्ध चर्को नाराबाजी

पोखरामा निकालिएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, बीच सडकमा सुतेर सरकार विरुद्ध चर्को नाराबाजी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १४, २०७७ मंगलवार • १०:४१:१४ बजे
  • 1.8K
    SHARES
  • पोखरामा निकालिएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, बीच सडकमा सुतेर सरकार विरुद्ध चर्को नाराबाजी
    आश तमु पोखरा -  प्रतिनिधि सभा विघटनको विरोधमा पोखरामा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूह निकट युवा तथा विद्यार्थी संगठनहरुले सोमबार साँझ मसाल जुलुस निकालेका थिए ।

    प्रहरीले मसाल खोस्दै भएको झडपमा केही प्रहरी र युवा विधार्थी घाइते भएका छन् । प्रहरी हस्तक्षेप पछी भएको झडपमा एकजना प्रहरी हवल्दारको आँखामा चोट लागेको छ।

    एक जना प्रहरी हवल्दारको आँखामा चोट लागेपछि आक्रोशित बनेको प्रहरीले रास्ट्रिय युवा संघका नेता बसन्त बास्तोलालाई पक्राउ गरेको थियो। आफ्ना सहकर्मी पक्राउ परेपछि झन् आक्रोशित बनेका प्रदर्शनकारीहरुले पक्राउ परेका आफ्ना नेता रिहा नभएसम्म सडक नछाड्ने भन्दै सभागृहचोकको बीच सडकमा सुतेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

    करीब डेढ घन्टाको प्रदर्शन पछि प्रहरीले पक्राउ परेका नेता बास्तोलालाई प्रहरीले छाडेको थियो। राँके जुलुशपछिको कोणसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय सचिव सुमन देवकोटाले ओली फाँसीबादी भएको बताए । उनको कदम प्रतिगामी भएको भन्दै नसच्चिएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे ।

    शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रशासनले निर्मम दमन गरेको भन्दै युवा तथा विद्यार्थीहरुले विरोध जनाएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology