Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झलनाथ खनाल र उपमन्त्री कु एचो बीच मैत्रीपूर्ण भेटवार्ता

झलनाथ खनाल र उपमन्त्री कु एचो बीच मैत्रीपूर्ण भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १४, २०७७ मंगलवार • १०:५२:४६ बजे
  • 1.2K
    SHARES
  • झलनाथ खनाल  र उपमन्त्री  कु एचो बीच मैत्रीपूर्ण भेटवार्ता
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनिया“ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोसहित चार सदस्य प्रतिनिधिमण्डलले खनाल निवास डल्लुमा सोमबार मैत्रीपूर्ण भेटवार्ता गरेको छ ।

    करिब १ घण्टा भएको कुराकानीमा दुई पार्टी र दुई देशबीच सम्बन्ध अझ राम्रो बनाउने र सुदृढ गर्नेबारे छलफल भएको छ । त्यसक्रममा चिनिया“ प्रधिनिधिमण्डलले नेपालको समसाययिक राजनीतिक अवस्थाबारेमा जानकारी लिएको छ ।

    खनालले राजनीतिमा देखिएको संकट र यसबाट सिर्जना हुनसक्ने समस्याबारे जानकारी गराए । प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थिति विषयमा जिज्ञासा राखेको र खनालले समसामयिक राजनीतिक अवस्थाबारे प्रकाश पारेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology