Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जनप्रदर्शन गर्दै

नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा आज १३ स्थानबाट जनप्रदर्शन गर्दै

नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा आज १३ स्थानबाट जनप्रदर्शन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • ११:५३:३४ बजे
  • 1.6K
    SHARES
  • नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा आज १३ स्थानबाट जनप्रदर्शन गर्दै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले राजधानीमा आज जनप्रदर्शन गर्दैछ । संसद विघटन विरुद्ध आज बृहत् जनप्रदर्शन गर्ने लागेको हो । देशभर हुने उक्त बिरोध प्रदर्शनमा उक्त पार्टीले हजारौं नेता तथा कार्यकर्ता सडकमा ओराल्ने प्रचण्ड–माधव समूहको तयारी छ ।

    images

    त्यसैगरी राजधानीमा पनि सो पार्टीले ठूलो संख्यामा जनताहरुको उपस्थिति गराउने भएको छ । मंगलवारको उक्त जनप्रदर्शनमा राजधानीका विभिन्न क्षेत्रहरुको नेतृत्व विभिन्न नेताहरुले गर्ने भएका छन् ।राजधानीमा हुने प्रदर्शनमा सहभागी हुन काठमाडौं उपत्यका वरपरका जिल्लाबाट समेत कार्यकर्ता सहभागी भएका छन् ।

    ती क्षेत्र र त्यसको नेतृत्व निम्न नेताहरुले गर्ने भएका हुन् ।

    मैतिदेवीः हरिबोल गजुरेल ,नक्साल चोकः देवेन्द्र पौडेल,लैनचौरः जनार्दन शर्मा,एन।सी।सी न्यूरोड गेटः अष्टलक्ष्मी शाक्य

    टेकु– युवराज ज्ञवाली,कुलेश्वरः बेदुराम भुसाल,कुपण्डोलः पम्फा भुसाल,नयाँबानेश्वरः गिरिराजमणी पोखरेल र लिलामणी पोखरेल

    रत्नपार्क शान्ति बाटिकाः मुकुन्द न्यौपाने,त्रिचन्द्र क्याम्पसः योगेश भट्टराई,पूरानो बसपार्कः अमृतकुमार बोहरा,बागबजारः बर्षमान पुन,बाल्मिकी क्याम्पसः गणेश शाह ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology