(सीता खड्का )
संझेर मनमनै रुनु के प्यारको विमारी हो ।
भेटघाट छैन थप अरु के हुन्छ आफू नै भन ।
तस्विर भने पनी छुनु के प्यारको विमारी हो ।।
एकान्तमा हराउँनु एक्लै हुँदा डराउँनु ।
एक खाले पागलै हुनु के प्यारको विमारी हो ।
नखाई बस्नु स्तब्ध भै नवोल्नु शान्त भैदिनु ।।
मुहार आँसुले धुनु के प्यारको विमारी हो ।
कैलै मसक्क मस्कनु कर्के नजर लगाउँनु ।।
कैले सनक्क सन्किनु के प्यारको विमारी हो ।।
आशा गरी जवाफको यो दिलको सवाल छ ।
मलाई मात्र हो कि तिम्रो नि त्यही हाल छ ।।
दुखभित्र पो छौ कि, सुख भित्र छौ ।
मेरो त जिन्दगानी वेहाल लै वेहाल छ ।।।
यो हातमा छु अहिले कुन हात पुग्छु कैले ।
च्याँखे छु सामुमा म ठूलो जुवाको खाल छ ।।
यस्तो निरास सुख्खा के जिन्दगी भनौं खै ।
आगो छ छटपटी छ मनमा उमङ्ग छाल छ ।।
यो नारकीय दर्दमा मर्दै जिएकि छु तर ।
सपना छ एक त्यसको बाहुबली मशाल छ ।।