नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली कायर भएको टिप्प्णी गरेका छन् । आज नेपालगञ्जमा पत्रकार सम्मेलनमा बोल्दै थापाले प्रधानमन्त्री ओली कायर भएर भागेर संसदको विघटन गरेको तर्क गरे ।
उनले कायर झैँ भागेर संसदको सामना नगरी भंग गरेकाले अब अदालतले विवेकको हत्या गर्न नहुने र न्याय दिनु पर्ने बताए । अदालतको चार किल्ला भित्र न्याय र विवेकको हत्या नहोस्, थापाले भने ।
हाल संसद विघटन बिरुद्धको मुद्धा सर्वोच्चमा बिचाराधीन रहेको अवस्थामा थापाको यो प्रतिकृया आएको हो । संसद फेस गर्न नसक्ने, अविस्वासको प्रस्तावको सामना गर्न नसक्ने अनि विघटन नै गर्ने गगनले प्रश्न गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।