Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले गणतन्त्र आन्दोलनको खिल्ली उडाए : माधव नेपाल

ओलीले गणतन्त्र आन्दोलनको खिल्ली उडाए : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १५:५६:५० बजे
  • 1.9K
    SHARES
  • ओलीले गणतन्त्र आन्दोलनको  खिल्ली उडाए : माधव नेपाल
    नेकपा प्रचण्ड माधव नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले पुष ५ गते जनभावना विपरीत संसद विघटन गरेका प्रधानमन्त्री केपी ओली एण्ड कम्पनीको आयु अब पुगेको चेतावनी दिएका छन् । उनले ६२/६३ सालको आन्दोलनमा राजा बिरुद्ध अब राजाको आयु पुग्यो भनेर चेतावनी दिएको स्मरण गर्दै ओलीलाई पनि यस्तै चेतावनी दिए ।

    राजधानीमा संसद विघटन बिरुद्ध आज भएको बिरोध र्याली पछि आयोजित सभालाई संवोधन गर्दै अध्यक्ष नेपालले संसद विघटन नेपाली जनता र आफूहरुलाई अस्वीकार्य भएको भन्दै ओलीले गणतन्त्रको आन्दोलनको पनि खिल्ली उडाएको स्मरण गराए ।
    ओलीमा व्यक्तिवाद र निरंकुशता हावी भएको र कम्युनिष्टमा हुनु पर्ने गुण नभएको नेपालले आरोप लगाए । अब ओलीलाई अस्वीकार गर्नु बाहेक अरु कुनै उपाय नरहेकोमा उनले जोड दिए ।

    वयलगाडा चढेर वासिग्टन पुगिदैन भनेर अभिव्यक्ति दिएका ओलीलाई परिवर्तन र गणतन्त्रप्रति कुनै माया नभएको पनि नेता नेपालले बताए । संघीयता, लोकतन्त्र र संविधानका बिरुद्ध ओलीले कदम चालेका कारण जनता र दलहरु सडकमा उत्रिएको नेपालले बताए । समाजका सबै बर्ग र तप्काहरु आन्दोलनमा उभिन शुरु गरेको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology