Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्ध

'ओलीले भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्‍चे नक्सा टेबलमुनि राखेर नक्कली राष्ट्रवाद देखाए'

'ओलीले भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्‍चे नक्सा टेबलमुनि राखेर नक्कली राष्ट्रवाद देखाए'

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १४, २०७७ मंगलवार • १६:१५:४२ बजे
  • 1.5K
    SHARES
  • 'ओलीले भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्‍चे नक्सा टेबलमुनि राखेर नक्कली राष्ट्रवाद देखाए'
    आश तमु पोखरा- प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा मंगलबार नेकपाको दाहाल र नेपाल समूहको विरोध प्रर्दशनमा भारतको उक्साहटमा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको नेकपा स्थायी समिती नेता सुरेन्द्र पाण्डेले आरोप लगाएका छन ।

    पाण्डेले सभालाई सम्बोधन गर्दै भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्‍चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाएकोसमेत आरोप लगाएका छन।उनले भने,‘भारतको प्रतिनिधि भ्रमण आउँदा चुच्चे नक्सा टेबलमुनि राखेर पुरानै नक्सा देखाएर वार्ता गर्ने र जनतामा आएर चुच्चे नक्सा देखाउँदै भ्रम छर्ने गरेका छन् ।’  

    प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै यसविरुद्ध गरिएको आन्दोलन नेताको लागि नभई जनताको लागि भएको नेता पाण्डेको भनाइ थियो ।नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताएका छन्।नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनै पनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने बताएका हुन्। 

    संविधान विपरित काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालतसमेत विघटन गर्न सक्ने अधिकार छ भनेर भन्नुपर्ने बताए। ‘यदि प्रधामन्त्रीले अदालत भंग गरिदिए भनेर राष्ट्रपतिलाई लगेर सहि गराएर अदालत भंग हुन्छ? यदि अहिलेको यो संसद विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने अदालत भंग गर्ने कुरा पनि प्रधानन्त्री केपी ओलीलाई छ भनेर भन्नुपर्ने हुन्छ,’ उनले भने।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology