Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकैदिन ६० हजार नयाँ संक्रमित भेटिए अमेरिकामा

एकैदिन ६० हजार नयाँ संक्रमित भेटिए अमेरिकामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७७ बुधवार • १८:४६:३३ बजे
  • 1.2K
    SHARES
  • एकैदिन ६० हजार नयाँ संक्रमित भेटिए अमेरिकामा

    अमेरिकामा एकैदिन किर्तिमानी रुपमा ६० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार मंगलबार संक्रमित संख्याले नयाँ किर्तिमान बनाएको हो । यसअघि २ जुनमा ५५ हजार २ सय २० जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि भने केही दिन संक्रमित संख्याले नयाँ किर्तिमान बनाउन सकेको थिएन । मंगलबार क्यालिफोर्निया र टेक्सास दुबैमा एकैदिन १० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । 

    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार महामारीबारे बोल्दै अमेरिका राम्रो स्थानमा रहेको बताएका थिए । यद्यपी, देशका शीर्ष संक्रामक रोग विशेषज्ञ तथा कोरोना भाइरसबारे ह्वाइटहाउसका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले सतर्क रहन चेतावनी दिएका छन् ।

    उनले कोरोना भाइरसको पहिलो छाल नै अमेरिकाको घुँडा–घुँडासम्म आइसकेको बताएका छन् । यसअघि उनले अमेरिकामा दैनिक १ लाख जना संक्रमित भएपनि आफु आश्चर्यमा नपर्ने बताएका थिए । कोरोना महामारी पूर्णत नियन्त्रणबाहिर रहेको र यसबाट बच्नका लागि सतर्क हुनुपर्ने चेतावनी उनले दिएका थिए । 

    कोरोना संक्रमित र मृतकको संख्या अमेरिकामा संसारकै सबैभन्दा धेरै छ । अहिलेसम्म अमेरिका ३० लाखभन्दा धेरैमा भाइरसको संक्रमण देखिइसकेको छ । कोभीड–१९ सँग सम्बन्धि रोगका कारण १ लाख ३१ हजार जनाले ज्यान गुमाइसकेका छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology