Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पार्टी भेलामा अध्यक्ष ओलीले आज पहिलोपटक सम्बोधन गर्दै

पार्टी भेलामा अध्यक्ष ओलीले आज पहिलोपटक सम्बोधन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • ०९:३४:४० बजे
  • 1.9K
    SHARES
  • पार्टी भेलामा अध्यक्ष ओलीले आज पहिलोपटक सम्बोधन गर्दै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बाहिर पार्टी भेलामा पहिलोपटक आज सम्बोधन गर्दैछन् ।

    images

    पार्टीको भेला, बैठक बालुवाटारमै गर्दै आएका ओलीले सूदूरपश्चिम प्रदेशका काठमाडौंमा उपलव्ध नेता कार्यकर्ताहरुको भेलालाई आज सम्बोधन गर्न लागेका हुन् ।

    नेकपा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले आज दिनको १२ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्दैछन् ।

    संसद विघटनपछि भएका सबै बैठक, भेलाहरु बालुवाटारमै भएका थिए । पहिलोपटक ओलीले बालुवाटार बाहिर आयोजित कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् । सोही पार्टी प्यालेसमा प्रचण्ड–माधव समूहले यसअघि दुई दिन केन्द्रीय समिति बैठक गरेको थियो । सोही बैठकबाट ओलीलाई कारवाहीको निर्णय गरेको थियो ।

    सो भेलामा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका जनसंगठनको तर्फबाट काठमाडौं उपत्यकामा उपलव्ध नेता तथा कार्यकर्ताको उपस्थिति रहने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology