नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । दुई नेताबीचको वार्ता चार बजेलाई तय भएपनि केही ढिला गरी सुरु भएको छ
आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । दैनिक तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भएपनि सहमतिको विन्दु भने पहिचान हुन नसकेपछि उनीहरुबीच पुन वार्ता भएको हो ।
आजको वार्तामा नेताहरुले सहमतिको विन्दु खोट्याउने अपेक्षा गरिएको छ । प्रचण्डसहितका शीर्ष नेताहरु प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।दुवै पक्षको यहीँ अडानका कारण नेकपामा ‘टकराव’ चुलिदै गएको छ । जसका कारण असार १८ पछि स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन ।